बेलाटारी प्रहरीद्वारा ठूलो परिमाणमा पटाका बरामद

आरपि उपाध्याय / नवलपरासी ,२८ असाेज

ईलाका प्रहरी कार्यालय बेलाटारीले गण्डक नहरस्थित अठलहीबाट ठूलो परिमाणमा पटाका जन्य सामग्री बरामद गरेको छ।

चाडपर्व लक्षित गरी नेपालमा प्रतिबन्धित पटाका प्रतापपुर गाउँपालिका–९ अठलहीबाट ११ प्रकारका २,२०७ थान बरामद गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो।

सिमापार भारतीय बजारबाट लुकाइ–छिपाइ ल्याइएका ती पटाकालाई प्रतापपुर–९ का वडाध्यक्ष जयकिसुन चौधरी, स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको हो। बरामद गरिएको पटाकाको मूल्य करिब ४० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, प्रहरी चौकी बसहियाले पनि सिमापारबाट लुकाइ ल्याइएका करिब ७ हजार ५ सय मूल्यका पटाका नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ।

प्रहरीले पटाका लोड गरी ल्याइँदै गरेको यु.पी.–५६एच–७३५६ नम्बरको प्लाटिना मोटरसाइकल समेत बरामद गरेको थियो।

प्रहरीका अनुसार चाडपर्वको समयमा यस किसिमका पटाकाजन्य वस्तुहरू आयात र प्रयोगले शान्ति–सुरक्षामा चुनौती थप्ने भएकाले अवैध तथा प्रतिबन्धित सामग्री रोकथाम र नियन्त्रण अभियानलाई सशक्त रूपमा अघि बढाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot