काठमाडौं, असोज २८ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। आज (मंगलबार) बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा देउवा स्वयं उपस्थित भएर खड्कालाई उक्त जिम्मेवारी सुम्पिएका हुन्। बैठकको अध्यक्षता पनि देउवाले नै गरेका थिए। सो क्रममा उनले स्वास्थ्यका कारण केही समयका लागि पार्टीको जिम्मेवारी खड्कालाई दिने निर्णय गरेका हुन्। ‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु। अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्र महाधिवेशनको मिति तोक्नेछ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।