अमृता सुनार/नवलपरासी ,२७ असोज बुद्ध बचत तथा ऋण सहकारी सस्थाको १९ औँ वार्षिक साधारण सभा सुनवल १ सोमनाथ रिसोर्टमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष युवलाल बुढाथोकी मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एबम सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्थाको प्रगति प्रतिबेदन सस्थाको अध्यक्ष युवलाल बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको आर्थिक प्रतिबेदन सस्थका सदस्य कमल राना मगरले प्रस्तुत गर्नुभएको थियो । यस्तै सस्थाको सांगठनिक प्रतिबेदन सचिब कमाला सारु मगरले, लेखा प्रतिबेदन लेखा संयोजनक हरिमान पुनको रहेकोे थियो । कार्यक्रममा ७० बर्ष भन्दा माथिका ५ जना जेष्ठ सदस्यहरुलाइ दोसल्ला ओडाएर र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो भने एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ पनि सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आतिथि थापाले सहकारी भनेको मात्रै रकम लगानी गर्ने ब्याज असुली गर्ने र शेयर सदस्यहरुले पनि ऋण लिने मात्रै नभएर जिबिकोपार्जनको कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ प्रदेश अध्यक्ष टेक बहादुर थापा, बुद्धि प्रसाद थापा, दिल कुमारी बुढा, जंग बहादुर थापा, गङ्गा बहादुर पुन लगाएतले शुभकामना मन्तव्य रहेको कार्यक्रमको स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष हेम बहादुर थापाको र संचालन सचिब कमला सारु मगरको रहेको संस्थाका व्वस्थापक शान्ति श्रिसले बताउनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।