कृष्णनगरको दशगजाक्षेत्रमा बृहत सरसफाई

अजय मिश्र/ कृष्णानगर ,२५ असोज

कृष्णनगरको दशगजा क्षेत्रमा आज शनिवारका दिन वृहत सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो ।

कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा  सरसफाई गरिएको हो ।

सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । सरसफाई अभियानमा बजारबासीले पनि साथ दिएका थिए । सामाजिक काममा हाम्रो पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक ईश्वर लौडारीले बताउनुभयो।

सरसफाई लगाएत अन्य सामाजिक तथा सांस्कृतिक लगायत विभिन्न कार्यमा सशस्त्र प्रहरी बल सधै अगाडि

रहने सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीले बताउनुभयो। यस्तै सरसफाई अभियानमा कृष्णनगर नगरपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी,  सशस्त्र प्रहरी, भारतीय एस एस बी का जवान तथा बजारबासीको पनि साथ रहेको बताइएको छ ।

सरसफाई अभियान्ताहरुले दशगजा क्षेत्रमा रहेका प्लास्टिक, कागज, काठका टुक्रा लगायतका फोहर बस्तुलाई जम्मा गरी नष्ट गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!