राष्ट्रिय दैनिक / नवलपरासी ,२५ असाेज पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका–४ गोबरहियामा अवस्थित गोबरहिया कृषि सहकारी संस्था लिमिटेडकाे पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष सुरेश प्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हाे। वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष चौधरीले सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहज हुने धारणा राखुभयो । उहाँले सहकारी क्षेत्रमा रहेका विकृति-विसङ्गति हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै उहाँले ऐन, नियम, नीति-निर्देशिका बमोजिम संस्था सञ्चालन नभएमा समस्यानआउने बताउनुभयो । एक व्यक्तिएक सहकारीको अवधारणा अव्यवहारिक हुने उहाँले बताउदै पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुऱ्याएको बताउनुभयो । सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो । सहकारी बुढेसकालको सहाराको रुपमा स्थापित भएको बताउदै पालिकाबाट यश सहकारीलाई चाहिने आवश्यक सहयोग साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो । साधारणसभामा सरावल गाउँपालिका वडा नम्बर ४ वडा सदस्य रन्जना महताे ,सहकारीकाे सल्लाहकार सुजाता आचार्य , निवर्तमान अध्यक्ष छेदी प्रसाद चाैधरी र पत्रकार उमेश बि.क लगाएतले आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाको लागि आवश्यक छ। यसले महिला नेतृत्वमा ठुलो सहयोग गरेको भन्दै अगामि दिनमा सहकारी बिकासको लागि सहयोग र साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो। सहकारी ३ कराेड ६८ लाखको कारोवार गरेकोमा कुल ८ लाख ५३ हजार शुद्ध नाफा कमाएको संस्थाको अध्यक्ष सुरेश चाैधरीले जानकारी दिनुभयो । साधारणसभामा असल बचतकर्ता र असल ऋणिलाई सम्मान गरिएको थियो । २०७७ सालमा दर्ता भएको सहकारीमा २६० जना शेयर सदस्य रहेका छन । सहकारीकाे काेषाध्यक्ष पुष्पा चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सचिव इन्द्रबहादुर चाैधरीले गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।