राष्ट्रिय दैनिक /काठमाडौं ,२२ असाेज भोजपुरी संगीत र अभिनयको दुनियाँमा एउटा नाम निकै चर्चित छ — राजा भोजपुरिया। आफ्नो मधुर आवाज, भावनात्मक गीत र जीवन्त अभिनयका कारण उनले भोजपुरी र नेपाली संगीत श्रोतामाझ छुट्टै पहिचान बनाउन सफल भएका छन्। करिब पाँच सयभन्दा बढी गीतमा स्वर भरेका भोजपुरियाका धेरै गीतहरू लोक–मनोरञ्जन र सांगीतिक चेतनाको सशक्त स्वरूप बनेका छन्। उनीद्वारा गाइएको “सनम हरजाई” गीतले लाखौँ मन जितिसकेको छ भने, “राेपनिया ” , रब्बा केहुके दिल ना टुटे ” , “ताेहके पाके सवरगैनी ” ,” गजबके बिधना रुपवा बनइले ” जस्ता चर्चित गीतहरूले उनको गायन क्षमता र बहुआयामिक कलालाई उजागर गर्छ। सिर्फ गायक होइन, राजा भोजपुरिया एक सशक्त अभिनेता पनि हुन्। उनले “ग्रेट भैया जी”, “स्पी देवी”, “रुद्रांश”, “तेजसविनी यादव IPS” “ये है स्वर्ग हमारा”, “जान से प्यारी बहना हमारी”, “बिहारी भौजी”, “अशिक हो गईनी तोहरा प्यार में” ,”रामबाबु श्याम बाबू ” , “हम है निरहुवाके दिवाने “,”ठसक” लगायतका भोजपुरी चलचित्रमा अभिनय गर्दै आफ्नो बहुप्रतिभा प्रदर्शन गरेका छन्। भोजपुरियाको स्वरले सीमाना नमानेको स्पष्ट प्रमाण हो उनका स्टेज शोहरू। भारतका विभिन्न सहरदेखि लिएर नेपालका काठमाडौं, नवलपरासी, रुपन्देही, दाङ, सर्लाही,राजबिराज , कपिलवस्तु र नेपालगन्जसम्म उनले आफ्नो प्रस्तुति दिँदै दर्शकको मन जितेका छन्। उनका कार्यक्रमहरूमा हजारौं दर्शकको भीड लाग्ने गर्छ, जहाँ उनका गीतमा नाचेका दर्शकहरूको उत्साह नै उनको सफलता बोल्छ। राजा भोजपुरिया आफ्नो साधारण जीवनशैली, शालिन व्यवहार र दर्शकप्रति आत्मीयताका कारण पनि चर्चित छन्। उनको यात्राले देखाउँछ — कला सीमाभन्दा ठूलो हुन्छ, अनि भाषा भन्दा संगीत गहिरो माध्यम हो। उनले भोजपुरी संगीतलाई केवल मनोरञ्जन होइन, संस्कृति र भावना जोड्ने पुलको रूपमा अघि बढाएका छन्। ☎️ कार्यक्रम तथा शोका लागि सम्पर्क: 📞 +977-7061890536 📞 9807554146 राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।