पर्सा । पर्साको लंगडी पोखरिया सडकखण्डमा पर्ने बसनपुर बजार नजिक मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको धोबिनी गाँउपालिका वडा नं २ भिखमपुरका अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुरमा सोमबार राति १०ः३० बजेतिर मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रीत भई दुर्घटनामा पर्दा त्यसका चालक कुर्मी गम्भीर घाइते भएका थिए । उनको बाराको नौतनस्थित एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । सोमबारराति साथीको मोटरसाइकल मागेर कुर्मी पेट्रोल लिन पोखरिया बजार आउने क्रममा दुर्घटनामा परेको उनका परिवारजनले जनाएका छन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।