कपिलवस्तु ,२० असोज सशस्त्र प्रहरी बल नेपालको सूचनाका आधारमा सशस्त्र प्रहरी गुल्म कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलको सहयोगमा शिवराज नगरपालिका–५ कटनियास्थित एक स्थानीयको घरमा लुकाइ–छिपाइ राखिएको अवैध कपडा बरामद गरेको छ। राजस्व अनुसन्धान टोलीको सहकार्यमा गरिएको संयुक्त अपरेसनमा २३ बोरा (कट्टा) अवैध कपडा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको कपडाको मूल्य करिब १६ लाख रुपैयाँ अनुमान गरिएको छ। बरामद सामान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त कार्यवाहीमा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृतसहित उपविचित सुवास श्रेष्ठ र सशस्त्र प्रहरी बल राजस्व सुरक्षा बेस बुटवलबाट समेत टोली खटिएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।