कपिलवस्तुमा बस दुर्घटना, एकको मृत्यु, ३६ जना घाइते

कपिलवस्तु,१८ असोज

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१, वनकसवासामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौं जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको यात्रुबाहक बस बिहान करिब ६ बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा एक महिलाको मृत्यु भएको तर उनकी परिचय खुल्न नसकेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र सिंहले बताए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र अन्यलाई विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि १५ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटना स्थल राजमार्गको सामान्य मोडमा पर्छ। बिहानको समय भएकाले चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot