छिपहरमाई गाउँपालिका–३ जयमङलापुर वडा कार्यालयको नजिकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। वडा नं. ३ कार्यालयदेखि करिब १०० मिटर पश्चिमतर्फ, टिहुकी झलमहिया र भिस्वा जोड्ने पुल नजिकै बिहीबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकल बआर एयल १२७३ पुलबाट तल खस्दा सो दुर्घटना भएको हो। दुर्घटनामा परि छिपहरमाई गाउँपालिका-३ ठुलो जयमङलापुर निवासी जवाहिर साह कानुको छोरा २७ वर्षको रमेश साह कानुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक शवरुप शर्माले जनाएका छन। घटनास्थलमा प्रहरी टोली पुगेको छ भने थप विवरण संकलन भइरहेको जनाइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।