धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु ,१६ असाेज कपिलवस्तुकाे कृष्णनगर नगर पालिका-१० अन्तर्गत पर्ने झिँगहा-बकाैली हुलाकी सडक खण्डमा दुई माेटरसाइकल एकआपसमा ठाेकिँदा एक युवककाे मृत्युु भएको छ । माेटरसाइकल दुर्घटनामा परी विजयनगर गाउँपालिका-५ कटुवाका २२ वर्षीय लवकुश यादवकाे मृत्युु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा परेका अर्का कृष्णनगर नगरपालिका-१० बकाैलीका १८ वर्षीय रवी चाैरसिया गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चाैरसियालाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको तर त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि चाैराहा अस्पताल बुटवलमा पठाइएको छ । मृतक यादव सवार लु ९५ प ९२२ नम्बरको माेटरसाइकल र घाइते चाैरसिया सवार भारतीय प्लेट युपी ५५ एक्यु ८४७४ नम्बरको माेटरसाइकल आएआपसका ठाेकिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए । आज (बिहिबार) करिब ६ बजेतिर माेटरसाइकल दुर्घटना भएको हाे । मृतक यादवकाे शव पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र दुर्घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।