बिरगंज,१६ असाेज वीरगन्जमा दशै मेलाको दिन वडा नम्बर १० स्तिथ रहेको गीता मन्दिर नजिक राती भएको गोल्डेन खानको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ११:३० बजे अपरिचित व्यक्तिहरूबीच कुटपिट हुँदा बारा परवानीपुर–९ घर भई हाल वीरगञ्ज–१० बस्ने २० वर्षीय शिवम साह कानु (गोल्डेन) गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति ११:४० बजे नारायणी अस्पताल ल्याइएको भए पनि उपचारकै क्रममा ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको कमाण्डमा प्रहरी निरीक्षक निरोज चौलागाईसहित ३२ जना सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक साहको समूह र प्रतिपक्षी युवाहरूबीच विगतदेखि नै विवाद हुँदै आएको र सोही रिसईवीको कारण उनलाई निशाना बनाई बाँसको लठ्ठी, हात–खुट्टा प्रयोग गरी कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यस घटनामा संलग्न भएको आरोपमा वीरगंज–२४ रामगढवा बस्ने १९ बर्षिय गौतम पटेल, २० बर्षिय सुभांकर चौरसिया, २२ बर्षिय करण प्रसाद पटेल उर्फ अमिरी पटेल, २४ बर्षिय चन्दन चौरसिया र १९ बर्षिय अमन पटवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा घटनास्थलको CCTV फुटेज, भिडियो रेकर्ड तथा CDR विश्लेषणमार्फत आरोपितहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपितहरुलाई वीरगंज र भारत सिमानानजिकको भिस्वा क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीले घटनाको कारण पुरानो रिस–आवेग, आफुलाई कु-ख्यात प्रदर्शन गर्ने (ग्याङ–स्टार) देखाउने प्रवृत्ति र व्यक्तिगत दुश्मनी रहेको निष्कर्ष निकालेको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार घटनामा थप व्यक्तिहरूको संलग्नता रहन सक्ने भएकाले अनुसन्धानलाई अझै गहिरो पारिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।