पर्सा ,१३ असोज सशस्त्र प्रहरीले ठूलो परिमाणमा चरेश बरामद गरेको छ। सोमबार साँझ करिब ७ बजे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको मोबाईल टोलीले पर्साको छिपहरमाई गाउँपालिकावडा नं ४ बंजारी भिष्वा–जानकी टोला सडक खण्डमा जाँच गर्ने क्रममा चरेश बरामद भएको छ। स.प्र.स.नि. नितेश कुमार साह कानुको कमाण्डमा खटिएको टोलीले BR 22 J 3550 नम्बरको होण्डा साइन मोटरसाइकल (इन्जिन मा फल्स बटम बनाई लुकाइछिपाइ भारततर्फ लैजाँदै गरिएको ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको जनाएको छ। चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखिएको अवस्थामा फेला परेको हो।पक्राउ परेका तस्कर भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई समेत पक्राउ गरिएको छ। उनको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको चरेशसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।