Rashtriya Dainik

शिक्षामन्त्री पुनलाई मातृभाषा शिक्षा १२ सम्म अध्यापन गराउन ध्यानाकर्षण

काठमाडौं । मातृभाषाका अभियानन्ताहरुले आइतबार नव नियुक्त शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री डा. महाबिर पुनसंग  केशर महलमा भेटघाट गरेका छन् ।

भेटघाटका मूख्य विषयमा कक्षा १ देखि ८ सम्मको स्थानिय विषय स्थानिय भाषामै पढाउनु पर्ने र ९ देखि १२ कक्षा सम्मको पाठ्यक्रममा पनि नेपाली, अंग्रेजीका साथै एउटा स्थानिय मातृभाषा पनि समाबेश गराउनु पर्ने रहेको छ ।

मातृभाषा अभियन्ताहरुमा नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर, नेवाः विद्यार्थी युनियनका संस्थापक अध्यक्ष रिदेन महर्जन, मनिश कुमार श्रेष्ठ, सुकुन्दा साहित्य पालाका अध्यक्ष  प्रशान्त डंगोल तथा, नेवाः मिसाः दबू टाेखा नगर कमिटीकी अध्यक्ष सुमित्रा महर्जन, सम्पदा अभियान्ता विनोद खड्गीले मन्त्री पुनको कार्यकालको सफलताको कामना पनि गर्नु भयो ।

विद्यालय तहमा स्थानिय मातृभाषाको पठनपाठन सम्बन्धी मन्त्री पुन र वहाँका शिक्षा सल्लाहकारहरुले पनि सकारात्मक रुपमा लिनु भएको थियो ।

नेपालकाे संविधान, ऐन, बहुभाषिक नीति अनुरुप  मातृभाषा शिक्षा लागू गराउनका लागि मातृभाषा अभियान्ताहरुले  लामाे समयदेखि आवाज उठाउँदै आइरहनु भएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित