राष्ट्रिय दैनिक / नवलपरासी ,१२ असाेज पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहीयामा गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। बिजया दशमीकाे अवसरमा उदय सामुदायिक बिकास प्रतिष्ठानकाे आयाेजनामा क्लबका अध्यक्ष मनाेज चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हाे। गाउँ स्तरीय भलिबल प्रतियोगिता उदघाटन गर्दै पालिका अध्यक्ष चाैधरीले सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले अहिलेको युवा पुस्ता समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्न पछि परेको टिप्पणी गर्नुभएको छ। वहाँले भनुभयाे, “आजको युवा पिढीले जागरण, अनुशासन र सामाजिक उत्तरदायित्वबोध गर्न सकेन भने देश र समाजले अपेक्षित विकास गर्न सक्दैन।” अध्यक्ष चौधरीका अनुसार युवाले राष्ट्रनिर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यसतर्फ गम्भीर ध्यान नदिएको चिन्ता व्यक्त गर्नुभएको हाे। खेलकुद केवल मनाेरजन मात्र नभएर अनुशासन , समाजिक एकता र सहकार्य सिकाउने माध्यम रहेको बताउनुभयो । भलिबल खेलले युवाहरूमा नेतृत्व विकास गरि स्वास्थ्य ,समाजिक सद्भाव बढाउने काम गर्नुको साथै यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने काम समेत गरिरहेकाे बताउनुभयो । गाउँ स्तरीय भलिबल प्रतियोगितामा पालिका उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क शिक्षक इन्द्रबहादुर चाैधरी लगाएतले खेल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । भलिबल प्रतियोगितामा २६ वटा जिल्ला भित्रका क्लबकाे सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै द्वितृय हुने समुहलाई १० हजार , मेडल र प्रमाणपत्र तथा तृतीय हुने समुहलाई ५ हजार मेडल ,प्रमाणपत्र प्रदान गरिने छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।