Rashtriya Dainik

जिल्ला प्रशासन कार्यालय नवलपरासीको चेतावनी:प्रहरीलाई जानकारी बिना ड्रोन उडाए कारबाही हुने

उमेश बि.क / नवलपरासी, १२ असोज ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ड्रोन उडाउँदा सरकारद्वारा तोकिएको कार्यविधि अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको सूचनामा व्यक्तिगत वा संस्थागत कार्यक्रम, सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व–उत्सवका क्रममा मनोरञ्जन प्रयोजनका लागि ड्रोन उडाउँदा स्थानीय प्रहरीलाई पूर्व–जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ।

कार्यविधिको पालना नगरी अनियमित रूपमा ड्रोन प्रयोग भइरहेको पाइएकाले अब उप्रान्त नियम अनुसार मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले जारी गरेको सूचनामा भनिएको छ, “निर्देशिका विपरीत ड्रोन उडाइएको खण्डमा विद्यमान कानुन अनुसार कारबाही हुने छ।”

प्रशासनले सर्वसाधारणलाई सजग रहन र आवश्यक सूचना दिएर मात्र ड्रोन प्रयोग गर्न आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित