काठमाडौं ,१२ असाेज। अमेरिकी डिभी लट्रीको आवेदन दिँदा अबदेखि एक डलर शुल्क तिर्नुपर्ने भएको छ । अहिलेसम्म डिभी भर्दा कुनै शुल्क तिर्नुनपर्ने भए पनि अबदेखि भने फारम भर्दा एक डलर शुल्क तिर्नुपर्ने भएको हो । फारम भर्दा एक डलर शुल्क अनिवार्य तिनुपर्ने अमेरिकी विदेश मन्त्रालयले निर्णय गरेको छ।धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले सबै आवेदकबाट एक डलर शुल्क लिने निर्णय गरिएको अमेरिकाको फेडरल रजिष्टरले जनाएको छ । यो नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुने बताइएको छ । डिभी लट्री सन् २०२५ को अक्टुबरदेखि खुल्दैछ । त्यस्तै, अमेरिकी विदेश मन्त्रालयले फारम भर्दा पासपोर्ट अनिवार्य चाहिने नियम भने यथावत् राखेको छ । त्यस्तै, डिभी परेपछि भिसा शुल्कबापत तिर्नुपर्ने ३३० डलर शुल्क पनि यथावत् राखिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।