Rashtriya Dainik

विजयको सभामा भगदाैड : ३९ जनाको मृत्यु, ९५ घाइते, अभिनेता विजयको भावुक प्रतिक्रिया

तमिलनाडु ,१२ असाेज

तमिलनाडुको करूर जिल्लामा अभिनेताबाट नेता बनेका विजयको चुनावी सभामा भएको भगदाैडमा कम्तीमा ३९ जनाको ज्यान गएको छ। घटनामा ९५ जना घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ।

राज्यका स्वास्थ्य सचिव पी. सेन्थिलकुमारका अनुसार मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना छ।

मुख्यमन्त्री एम.के. स्टालिनले यस दुःखद घटनाप्रति संवेदना व्यक्त गर्दै मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

यसैबीच अभिनेता विजयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्। उनले आफू गहिरो पीडामा रहेको बताउँदै मृतक परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित