मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,११ असोज

पश्चिम नवलपरासीको मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सुनवल नगरपालिका वडा नं ४ फुड्स एण्ड फ्लेवर रेष्ट्रोमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता एवम संस्थापक सचिव तथा सल्लाहकार संयोजक चित्र बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले सहकारीको मुल उद्धेश्य आत्मनिर्भर समाज निर्माण गर्ने भएकाले सदस्यलाई सहकारी प्रति केन्द्रित बनाएर आवश्यक जानकारी र लाभ पुर्याउनु पर्नेमा जोड दिनुभयो । उहाका अनुसार सहकारी केबल रकम जम्मा र ऋण लगानी गर्ने संस्था मात्र नभइ समाजलाई आत्मनिर्भर बनाउन योग्दान पुर्याउने महत्वपूर्ण आधारशिला भएको धारणा राख्नुभयो ।

सहकारीका अध्यक्ष थापाले सहकारीलाई आर्थिक र वित्तिय अनुशासनमा राखी अगाडि बढाएको बताउनुभयो । उहाले संस्थागत शुशासन कायम गरी सदस्यको बचतलाई सुरक्षित गर्न निति,विधि र प्रविधिमा आधारित भएर संचालन हुदै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बल बहादुर थापाले वार्षिक प्रतिवेन, सचिव किसोर कुमार कर्माचार्यले सचिवको प्रतिवेदन,कोषाध्यक्ष उमा कुमारी गुरुङ्गले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक ऋषिराम भुषालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्षमा सहकारीले ४६ लाख ५८ हजार १ सय ८४ आम्दानी गरी शुद्ध नाफा ५३ हजार ९ सय १३ आर्जन गर्न सफल भएको छ । सुनवल नगरपालिका कार्यक्षेत्र रहेको यस सहकारीमा ५ सय ९० जना शेयर सदस्य आवद्ध रहेका छन् ।

संस्थालाई अगाडि बढाउन संस्थाले यस आ.व.मा स्वास्थ्य परिक्षण सम्बन्धी कार्यक्रम गरिने, शेयर सदस्य बृद्धि गरिने अभियान संचालन गर्ने,संस्थागत विकास,भ्रमण,गोष्ठी, सहकारी शिक्षा तालिमको व्यवस्था गर्ने, सहकारीको सुचना प्रणालीलाई व्यवस्थित गर्दै प्रविधिमैत्री बनाइने, भित्तेपात्रो क्यालेन्डर प्रकाशन गर्ने, सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिइने,३ लाख को दुर्घटना बिमा कार्यक्रमलाई निरन्तरता दिइने, ऋण असुलीमा प्रभावकारी रुपमा निरन्तरता गरिने, शेयर सदस्यका विद्यार्थी छोराछोरीलाई कार्यविधि अनुसार शेयर सदस्यता प्रदान गरिने, धितोबाट ऋण लगानी बढि रु १५ लाख सम्म गर्ने र यदी उच्च शिक्षा अध्ययन गर्न लागी बढिमा रु २० लाख सम्म ऋण लगानी गर्ने र समयावधी रु ५ लाख भन्दा माथि ऋण लगानीमा बढिमा ८ वर्षसम्म कायम गर्ने,दुःखमा सहकारी अभियानलाई निरन्तरता दिईने, पौष १६ गतेका दिनलाई संस्था स्थापना दिवसको रुपमा मनाइने जस्ता योजना संस्थाको छ।

संस्थाका उपाध्यक्ष जनसरी गुरुङ्गको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका सदस्य अशोक कुमार श्रेष्ठ, आर्दश सामुदायिक वनका अध्यक्ष दया बहादुर जिसी, निवर्तमान अध्यक्ष कुमार केसि लगाएतले सहकारी क्षेत्रमा देखा परेका समस्या तथा चुनौतीका बारेमा बोल्दै सहकारी संचालनमा संचालक मात्र नभई सम्पुर्ण सदस्यहरु जिम्मेवार रहने बताउनुभयो । उहाले सदस्यहरुको भुमिकाको बारेमा प्रकाश पार्दै संस्थाले समयमा नै साधारण सभा सम्पन्न गरेकोमा धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा एसईई, प्लस टू, स्नातक र स्नातकोत्तरमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो भने उक्त कार्यक्रमको संचालन संस्थाका सचिव किसोर कुमार कर्माचार्यले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot