Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाद्वारा विजयादशमी,शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान

आरपि उपाध्याय / नवलपरासी ,१० असाेज

प्रतापपुर गाउँपालिका पश्चिम नवलपरासीको आयोजनामा नेपालीहरुको महान पर्व विजयादशमी,शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा अध्यक्ष यादवले असत्यमाथी सत्यको जित,अन्यायमाथी न्यायको जित र राक्षसमाथी देवताको जितको रुपमा मनाइने विजयादशमी पर्वले सम्पुर्ण मानव जातिलाई सद मार्गमा हिड्ने प्रेरणा दिएको बताउनु भयो।
उहाँले प्रतापपुर गाउँपालिकालाई सबैको साझा फुलबारी बनाउने अभियानमा लागिपरेको धारणा राख्दै अध्यक्ष यादवले सहमति,सहकार्य,एकता र मेलमिलापको माध्यमबाट अगाडि बढ्न सकिएमा नागरिकले चाहेको समाज बनाउन सकिने पनि जिकिर गर्नुभएको थियो।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिता बि.क. थारुले “हामी सबैको सार्थक प्रयास प्रतापपुर गाउँपालिकाको समग्र विकास” को नारालाई पूरा गर्न सम्पुर्ण पालिका बासी एक भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा न.६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी,प्रशासकीय अधिकृत नन्दलाल कुमाल,त्रिभुवन मा.वि. बेलाटारीका प्रधानाध्यापक नारद ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा पालिका अन्तर्गतका जनप्रतिनिधि,कर्मचारी,शिक्षक,सामाजिक व्यक्तित्व र स्थानीय सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको कार्यक्रम सञ्चालक नारायण प्रसाद ढुंगानाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित