Rashtriya Dainik

सरावल गाउँपालिकाको चेतावनी : अनधिकृत सूचना–विज्ञापन प्रसारण गरे भुक्तानी रोकिने

राष्ट्रिय दैनिक / नवलपरासी ,८ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सूचना, शुभकामना सन्देश, विज्ञापन तथा जनहितसम्बन्धी सन्देश प्रकाशन/प्रसारण गर्न इच्छुक सञ्चार माध्यमलाई १५ दिनभित्र दररेटसहित सूचीकरण गर्न आग्रह गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “गाउँपालिकासँग सम्बन्धित सूचना तथा विज्ञापनहरु प्रकाशन वा प्रसारण गर्नुअघि लिखित सम्झौता र पूर्व स्वीकृति अनिवार्य हुनेछ। स्वीकृति वा सम्झौता विना गरिएको प्रकाशन/प्रसारणको आर्थिक दायित्व गाउँपालिका नबोक्ने र सो वापत कुनै भुक्तानी नगरिनेछ।”

यस निर्णयमार्फत गाउँपालिकाले सूचनाको व्यवस्थापन पारदर्शी बनाउन खोजेको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जारी गरेको सूचनामा सबै सञ्चार माध्यमलाई औपचारिक प्रक्रिया पूरा गरी मात्र सूचना प्रकाशन गर्न अनुरोध गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित