कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना

अजय मिश्र, कृष्णनगर, असोज ७

कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र छठका अवसरमा घर फर्कने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष खोलिएको हो।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले नागरिक सहायता कक्षको उद्देश्य नेपाल भित्रिने नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु रहेको बताए। यस कक्षले चाडपर्व मनाउन घर फर्किरहेका नेपालीलाई सुरक्षित र सहज यात्राको वातावरण प्रदान गर्नेछ।

साथै, इलाका प्रहरी कार्यालय कृष्णनगरले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन चार जना प्रहरीलाई बाइकसहित परिचालन गरेको जानकारी दिएको छ। यी प्रहरीहरू चाडपर्वका बेला सुरक्षा सुनिश्चित गर्न निरन्तर सक्रिय रहनेछन्।

यो नागरिक सहायता कक्षले कृष्णनगर भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकहरूको सहायता तथा चाडपर्वको बेला सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसाथ
अघि बढाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot