शुद्दोधन सहकारीको अध्यक्षमा कृष्ण नेपाल

तुलसीराम पौडेल / नवलपरासी ,६ असोज

रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित शुद्वोधन बचत तथा ॠण सहकारी संस्थाको अध्यक्षमा सर्वसम्मत रुपमा कृष्ण प्रसाद नेपाल निर्वाचित हुनुभएको छ। शुद्वोधन बचत तथा ॠण सहकारीको हालै सम्पन्न १८ औं  बार्षिक साधारण सभा तथा सातौ अधिवेशनले  सर्वसम्मत रुपमा सहकारीको अध्यक्षमा नेपाल चयन हुनुभएको हो ।त्यसै गरि सहकारीको उपाध्यक्षमा टंकनारायण आचार्य ,सचीव सुरेन्द्र प्रसाद गुप्ता ,कोषाध्यक्ष ॠषिराम न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संस्थाको सदस्यहरुमा देवि सापकोटा ,शिवलाल आचार्य ,दीर्घनारायण भट्टराई ,रिता खत्री र टंकराज देवकोटा सर्वसम्मत चयन भएका छन् ।
त्यसै गरि लेखा समिती संयोजकमा हरि प्रसाद न्यौपाने तथा  सदस्यहरुमा अर्जुन प्रसाद भण्डारी र निर्मला अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।

हाल सहकारीमा कुल शेयर सदस्य संख्या २२९१ जना रहेका छन् जसमध्य ११७६ पुरुष तथा १११५ जना महिला सदस्य रहेका छन् ।संस्थाको शेयर पुजि ६ करोड ९ लाख २ हजार सातसय रुपैया रहेको छ ।त्यसै गरि निक्षेप २१ करोड ४३ लाख ७४ हजार ७ सय ६१ रुपैयाँ ७० पैसा रहेको छ भने कुल ५३९ जनामा गरिएको कुल ॠण लगानी २८ करोड ७५ लाख ९ हजार २ सय ९६ रुपैयाँ २४ पैसा रहेको छ।आर्थिक वर्ष ८१/८२ मा कुल कारोबारबाट संस्थाले एक करोड २३ लाख ७१ हजार ९ सय ८८ रुपैया ८९ पैसा विशुद्ध नाफा गरेको छ। सहकारीले आफ्ना शेयरहरुलाई ११% मुनाफा बोनस वितरण गरेको छ।

कार्यक्रम सहकारीका निवर्तमान अध्यक्ष मिननाथ शर्माको अध्यक्षता र संस्थापक अध्यक्ष अजय अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। निवर्तमान अध्यक्ष मिननाथ शर्माद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत ,निवर्तमान कोषाध्यक्ष लालबहादुर जिसिबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखा समिति संयोजक हरि प्रसाद न्यौपानेबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रममा पुर्व अध्यक्ष एवं सल्लाहकार झपेन्द्रराज अर्याल ,पुर्व अध्यक्ष एवं सल्लाहकार मानबहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

निवर्तमान उपाध्यक्ष कृष्ण प्रसाद नेपालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन निवर्तमान सचीव टंक नारायण आचार्यले  गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot