राष्ट्रिय दैनिक / रूपन्देही,२८ भदौ ।
राजनीतिक घटनाक्रम फेरिएसँगै कात्तिक १७ गते रूपन्देही–३ मा हुने भनिएको उपनिर्वाचन रद्द भएको छ। जेनजी आन्दोलनपछि सरकार फेरिनुका साथै संघीय संसद विघटन भइसकेको कारण उपनिर्वाचनको आवश्यकता नरहेको निर्वाचन आयोगले जनाएको छ।
रुपन्देही–३ का सांसद दीपक बोहोराको निधनपछि रिक्त पद पूर्ति गर्न आयोगले मिति तोकेर तयारी थालेको थियो। दलहरूले उम्मेदवार घोषणा गर्ने चरणसम्म पुगिसकेको अवस्थामा संवैधानिक प्रावधान बाधक बनेको हो।
संविधानको धारा ८४ (६) अनुसार प्रतिनिधिसभाको कार्यकाल समाप्त हुन दुई वर्षभन्दा कम समय बाँकी हुँदा उपनिर्वाचन नगर्ने व्यवस्था छ। यही कारण कात्तिक १७ मा तोकिएको निर्वाचन स्वतः स्थगित भएको हो।
यससँगै मतदाता नामावली संकलन, कर्मचारी परिचालन र दलहरूको उम्मेदवार चयन लगायत सबै तयारी रोकिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

