Rashtriya Dainik

विनयी त्रिवेणी ६ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली समारोह त्रिवेणीमा सम्पन्न

आरपि उपाध्याय / त्रिवेणी ,२७ साउन

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली समारोह त्रिवेणीमा सम्पन्न भएको छ।

विनयी त्रिवेणी ६ निवासी ५० वर्षीय क्रियाशिल सदस्य विष्णु मल्लको असामयिक निधन भएको सातौं पुण्य तिथिको दिन मल्ल निवास त्रिवेणीमा श्रद्धाञ्जली समारोह सम्पन्न भएको हो।
वडा कार्यसमितिको सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो।


सो अवसरमा प्रमुख अतिथि आर.पि. उपाध्यायले दिवङ्गत हुनु भएका स्वर्गीय विष्णु मल्ल पार्टीको इमानदार र निष्ठावान कार्यकर्ताको निधनले त्रिवेणी क्षेत्रमा काङ्ग्रेसले होनहार कार्यकर्ता गुमाएको चर्चा गर्नुभयो।

उहाँले इमानदार र निष्ठावान कार्यकर्ता स्वर्गीय मल्लको निधनले पार्टीमा अपुर्णिय क्षति भएको बताउदै पार्टीको वडा समितिलाई चलायमान बनाउन वडा स्तरीय बैठक,भेला,छलफल र समय अनुसार अन्तरक्रिया गर्दै जानुपर्ने र सो कार्यबाट पार्टी कार्यकर्तामा थप उर्जा प्रवाह हुने जिकिर गर्नुभयो।

कार्यक्रममा स्वर्गीय विष्णु मल्लका कान्छा बुवा समेत रहनु भएका रुपन्देही देवदह निवासी नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य निलध्वज मल्लले स्वर्गीय विष्णु मल्लको पारिवारिक पृष्ठभूमिबारे जानकारी गराउनु भएको थियो।

श्रद्धाञ्जली समारोहमा नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ र ७ का वडा स्तरीय नेता,कार्यकर्ता र भातृ एवं शुभेच्छुक संस्थाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको वडा न.६ का वडा सचिव डिम्बर बहादुर राउतले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित