राष्ट्रिय दैनिक / नवलपरासी ,२७ साउन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका प्रमुख धनपत यादव र सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले संयुक्त रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई मल कोटा वृद्धिका लागि ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्र बुझाउदै पश्चिम नवलपरासीको कृषकहरूको प्रमुख समस्या, मलको आपूर्ति र कोटाको अभावलाई सम्बोधन गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले उक्त मागलाई गम्भीरताका साथ लिनु पर्ने भन्दै कृषकहरूको हितमा शीघ्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्। उनले भने, “कृषि उत्पादनको वृद्धि र कृषकहरूको समस्यामा ध्यान दिनु हाम्रो प्राथमिकता हो।”

यस कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकाल र कृषि मन्त्रालयका सचिव यामनारायण देवकोटा समेत उपस्थित थिए। मन्त्री ढकालले सरकारले कृषि क्षेत्रमा सुधार ल्याउन र मल आपूर्तिमा न्यूनता दर गर्न पहल गरिरहेको बताएका छन्।

यद्यपि कृषकले लामो समयदेखि मलको कोटा वृद्धि वितरणमा सहजता र कृषि सामग्रीको आपूर्ति सुनिश्चित गर्नको लागि विभिन्न स्थानिय नेताहरूबाट निरन्तर माग राख्दै आएका छन्।

ध्यानाकर्षण पत्रमा नगरप्रमुख र गाउँपालिका अध्यक्षले विशेष गरी मलको अभावले कृषकहरूको उत्पादन घटेको र यसले समग्र आर्थिक वृद्धिमा प्रतिकूल असर पारिरहेको उल्लेख गरेका छन्। उनीहरूले सरकारसँग थप मलको आपूर्ति र उत्पादन वृद्धिका लागि थप सहायता माग गरेका छन्।

यस पहलले पश्चिम नवलपरासीका कृषकहरूको लागि नयाँ आशा र सम्भावना ल्याउने विश्वास व्यक्त गरिएको छ। आगामी दिनहरूमा सरकारका कदमहरूलाई नजिकबाट हेरिदै, कृषकहरूको समस्याको समाधानमा थप सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

