राष्ट्रिय दैनिक / नवलपरासी ,२६ साउन
पश्चिम नवलपरासी जिल्लाका न्यायाधीश केशव प्रसाद अधिकारी उच्च अदालत पाटनमा न्यायाधीशको जिम्मेवारीमा पदोन्नति प्राप्त गरेसँगै आज विदाई समारोह सम्पन्न भएको छ।
न्यायाधीश अधिकारी उच्च अदालत पाटनमा न्यायाधीशको जिम्मेवारीमा पदोन्नति र सरुवा हुनु भएको छ। यस अवसरमा जिल्ला समन्वय समिति नवलपरासीको सभाहलमा एक कार्यक्रमबिच बिदाई तथा फेरि भेटाैला कार्यक्रम सम्पन्न गरिएको हाे।

जिल्लाका समन्वय समिति नवलपरासीको प्रमुख भगाैती यादव (रुदल) र रामग्राम नगरप्रमुख धनपत यादव , सुनवल नगरप्रमुख बिमला अर्याल ,बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ , सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव , सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय लगाएतकाे उपस्थिती रहेको थियो।

कार्यक्रममा जिसस प्रमुख यादवले न्यायाधीश अधिकारीको न्यायिक दक्षता र निष्पक्ष कार्यशैलीको बारेमा चर्चा गर्दै, उहाँको कार्यकालमा नवलपरासीको न्यायिक प्रक्रिया अझ सरल र पारदर्शी बनेको बताए। ” अधिकारीले जिल्लामा न्यायिक क्षेत्रको सुधारमा उल्लेखनीय योगदान पुर्याएकाे र उहाँको नेतृत्वमा अदालतका निर्णयमा न्यायिक निष्पक्षता र सुलहका लागि वातावरण निर्माण भएको बताए।

कार्यक्रममा नगर प्रमुख र पालिका अध्यक्षहरूले न्यायाधीश अधिकारीको योगदान र कार्यकाललाई सम्मान गर्दै, उहाँको आगामी कार्यकाल उच्च अदालत पाटनमा सफल र समृद्ध होस् भन्ने कामना गरेका थिए । कार्यक्रमको दौरान, स्थानीय तहका प्रतिनिधिहरूले वहाँको न्यायिक क्षमता र निष्पक्ष निर्णयको सन्दर्भमा प्रशंसा गर्दै उहाँको कार्यकालका लागि शुभकामना दिएका हुन।





राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

