राष्ट्रिय दैनिक / नवलपरासी ,२५ साउन
नेपाल सरकारले राहत शिक्षकको मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै नेपाल राहत शिक्षक समितिले आइतबार देशव्यापी रूपमा आयोजना गरेको विरोध सभा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पनि सम्पन्न भएको छ।

राहत शिक्षक जिल्ला कार्यसमिति सदस्य इन्द्रबहादुर चाैधरीका अनुसार लामो समयदेखि विद्यालय शिक्षक विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहँदै आएको छ। तर, विधेयकमा राहत शिक्षकको स्थायी व्यवस्थापनका विषयमा विगतका सम्झौता र स्थापित नजिरलाई सरकारले अस्विकार गरेको भन्दै विरोध सभा आयोजना गरिएको हो।

समितिले विगतमा भएको सम्झौता अनुसार राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि लबिङ गर्दै आएको तर सरकार त्यसतर्फ गम्भीर नभएको आरोप लगाएको छ। यसै कारण देशभरका राहत शिक्षकहरूले एकसाथ सडकमा उत्रिएर आफ्नो असन्तोष प्रकट गरेको समितिकाे भनाइ छ।

सरावल गाउँपालिका स्तरीय राहत शिक्षक समितिका अध्यक्ष प्रदिप कुमार चाैधरीकाे नेतृत्वमा राहत शिक्षकको विरोध सभा कार्यक्रममा केन्द्रीय सदस्य रामचन्द्र पाैडेल ,जिल्ला सहअध्यक्ष हेमलाल जैसी,जिल्ला कार्यसमिति सदस्य इन्द्रबहादुर चाैधरी लगाएत सरावल गाउँपालिका अन्तर्गतका राहत शिक्षकको उपस्थिति रहेको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

