Rashtriya Dainik

रामजानकी कुशवाहा मन्दिरमा लवकुश पुजन, भण्डारा तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न

आरपि उपाध्याय / त्रिवेणी ,२५ साउन

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ त्रिवेणी धाममा रहेको रामजानकी कुशवाहा मन्दिरमा लवकुश पुजन, भण्डारा तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ।
कुशवाहा समाजको आयोजनामा पुजन, भण्डारा सहित सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम संयोजक राम अवतार कुशवाहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाल कुशवाहा समाजका केन्द्रिय सदस्य चक्र बहादुर कुशवाहाले समाजलाई अगाडि बढाउन शिक्षाको विकास गरेर मात्र सम्भव हुने हुँदा कम आयस्रोत भएका बालबालिकाहरुलाई विभिन्न निकायबाट प्राप्त छात्रवृत्तिद्वारा शिक्षा दिन सकिने र उक्त शिक्षा गुणस्तरीय हुने धारणा राख्नुभयो।

उहाँले कुशवाहा समाज फुटेर होइन जुटेर गन्तव्यतर्फ पुग्न सकिने विचार पनि व्यक्त गर्नुभएको थियो।
सो अवसरमा भारतबाट आउनु भएका फलहारी बाबा भागवत दास कुशवाहाले नैतिक शिक्षा बलियो भए मात्र धार्मिक गतिविधि बलियो हुने हुँदा बलियो नैतिक शिक्षाको माध्यमबाट हिन्दु धर्मलाई नै बलियो बनाउन सकिने जिकिर गर्नुभयो।
कार्यक्रममा कुशवाहा समाजका अगुवाहरु राधेश्याम कुशवाहा,समाजका अध्यक्ष रामलखन कुशवाहा,बजरङ्गी कुशवाहा,युवराज मौर्य लगायतले कुशवाहा समाजले गरेको गतिविधि माथि प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक ब्यासमुनी कुशवाहाले जानकारी दिनुभयो।
कार्यक्रममा २०८१ सालमा एस.ई.ई. परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने राजन कुशवाहा र कृष्ण कुशवाहालाई कदरपत्र सहित सम्मान गरिएको थियो।
सोही अवसरमा ज्येष्ठ नागरिक इन्द्रजित कुशवाहालाई पनि सम्मान गरिएको आयोजकले बताएको छ।
कार्यक्रममा भारतको अयोध्याबाट कुशवाहा मन्दिरका पिठाधिस बाबा राम कृपाल दास कुशवाहाको पनि सहभागिता रहेको बताइएको छ।
२०४२ सालमा स्थापना भएको रामजानकी कुशवाहा मन्दिर २०५४ सालमा विधिवत दर्ता भएको थियो भने हाल मन्दिरको स्वामित्वमा ९ कठ्ठासहित ५ कोठे मन्दिर सहितको धर्मशाला रहेको छ।


पुजन तथा सम्मान कार्यक्रममा पश्चिम नवलपरासी र पुर्वी नवलपरासीको विनयी त्रिवेणी वडा न. ६ र ७ बाट पाँच सयको सङ्ख्यामा कुशवाहाहरुको उपस्थिति रहेको थियो।
यस पुर्व ऋषि तर्पणी रक्षाबन्धनका दिन कुशवाहा समाजले चितवन माणी नगरपालिका १ मा पर्ने बाल्मिकी आश्रम स्थित लवकुश मन्दिरमा पनि भव्य पुजन सहितको कार्यक्रम भएको कुशवाहा अगुवा शंकर कुशवाहाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित