नन्दु यादव फागुन ८नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका काे बेलाटारीमा अाज जनमत पार्टी काे विशाल जनसभा सम्पन्न भएकाे छ ।जनमत पार्टी नवलपरासी का ईन्चार्ज बिजि चाैधरीकाे सभापतित्व तथा जनमत पार्टी का केन्द्रीय अध्यक्ष डा.सिके राउत काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा अकलेश त्रिपाठी ले स्वागत मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रम मा राजेन्द्र राजभर ,शत्रुधन यादव,बिजयनाथ यादव ,जिल्ला सयाेजक कन्हैया राजभर,जनमतका केन्द्रीय सदस्य राजकुमार त्यागि , ईन्द्रजित यादव केन्द्रीय सदस अब्दुल खान लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि राउतले उखुकाे भुक्तानी काे समस्या,राेजगारीकाे समस्या,स्वास्थ समस्या ,शिक्षाकाे समस्या , हकअधिकारकाे समस्या ,जनताकाे राज्य लगायतकाे समस्या समाधान हुन नसक्नु दुर्भाग्य रहेकाे बताउनु भयाे ।देशमा नेताकाे राज्य मात्रै भएकाेले अब जनताकाे राज्यकाे लागि लडाई गर्नुपर्ने अवस्था रहेकाे बताउनु भयाे ।

अादिबासि, जनजाति ,मधेशी ,मुस्लिमकाे हकअधिकार अब जनमत पार्टिलेे निकास दिन सक्ने ठाेकवा गर्नु भयाे ।जनमतले मात्र घरघरमा राेजगारी दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।देशमा स्थानिय सरकारमा अाएकाे बजेट पारदर्शी नभएकाे समेत अाराेप लगाउनु भयाे ।कार्यक्रममा गाउगाउबाट हजाराै मानिसहरु अाएका थिए भने सयाै सख्यामा बिभिन्न पार्टि परित्याग गरि जनमत पार्टिमा प्रवेश समेत गरेका छन।कार्यक्रम लाई दिपेन्द्र गुप्ताले सन्चालन गर्नु भएकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

