तुलसीराम पौडेल /रुपन्देही ,२४ श्रावण
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–६ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै सियारी गाउँपालिकाभरि प्रथम स्थान हासिल गरेको छ। सो उपलब्धिमा विद्यालयले विशेष कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमनाथ सापकोटाको अध्यक्षता, सियारी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष शेरबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रानाले विद्यार्थीहरूलाई शुभकामना दिँदै भविष्यमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरू सुजन बनिया र सलिना अर्यालले शुभकामना मन्तव्य दिएका थिए । शिक्षक शिला पन्थ र शंकर गौतमले पनि विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिनु भएको थियो। कक्षा ९-१२ का कोर्डिनेटर चित्रबहादुर गुरुङले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
विद्यालयको यस सफलताले सियारी गाउँपालिकामा शैक्षिक स्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

विद्यालयका सहायक प्रधानाध्यापक राम प्रसाद चौधरीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिक्षक दिपक देवकोटाले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

