Rashtriya Dainik

बझाङमा १.६९ किलो चरेशसहित एक व्यक्ति पक्राउ

बझाङ, साउन २२ — जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले १.६९ किलो चरेशसहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, मिति २०८२ साउन २२ गते राति करिब १०:३० बजे जयपृथ्वी नगरपालिका–९ चिउडीखान क्षेत्रमा लागुऔषध (चरेश)को कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

कारबाहीका क्रममा ऐ. साँर्मा गाउँपालिका–२ घर भई हाल जयपृथ्वी नगरपालिका–९ चिउडीखानमा डेरा गरी बस्ने ३२ वर्षीय शेरबहादुर बोहरालाई नियन्त्रणमा लिइएको हो। उनलाई हातमा बोकेको प्लास्टिकको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको चरेशको तौल १.६९० किलोग्राम रहेको छ।

पक्राउ परेका बोहरामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित