अमृता सुनार/नवलपरासी , २२ साउन
निजि तथा आवासीय विद्यालयहरुको संगठन शैक्षिक ऐक्यबद्धताको समूह जिसन नवलपरासीले आज २३ औँ स्थापना दिवस मनाएको छ । जिसन नवलपरासीका अध्यक्ष थमन शेरचनको अध्यक्षता तथा सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख अतिथ्यतामा स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथी बिमला अर्यालले निजि विद्यालयहरुले शिक्षालाई गतिशिल बनाउदै व्यवसायिकताको सट्टा गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिसन नवलपरासीका अध्यक्ष थमन शेरचनले जिसन नवलपरासीको २३ औ वार्षिक उत्सबमा उपस्तिथि सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा जिसन नवलपरासीले अझै नविनतम कार्य सहित शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगती गर्ने बताउनुभयो।
जिसन नवलपरासीका उपाध्यक्ष सन्जय ढुंगानाको स्वागत मन्तव्य रहेको कार्यक्रममा रामग्राम नगरपलिका शिक्षा शाखा प्रमुख सुन्दर खनाल, धनराज चापागाई,जिसन नवलपरासीका सल्लाहकार सन्तोष रौनियार, वरिष्ठ सल्लाहकार इन्द्र गुरुङ, सुनवल नगरपलिका शिक्षा शाखा प्रमुख पशुपति भट्टराई, सम्पुर्ण सन्चारगृहको तर्फबाट कुस्माकर ढकाल, एरावती प्रकासनको तर्फबाट आनन्द तिवारी, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशब पराजुलि, पुस्तक ब्यव्सायी संघ रुपन्देहीका अध्यक्ष गोपाल बस्याल लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन रामग्राम नगर प्याब्सनका अध्यक्ष बलिराम यादवले गर्नुभएको थियो ।

सो अवसरमा २०८१ को एसईई परीक्षामा जिसन अन्तर्गतका विद्यालयबाट उत्कृष्ट अंक ल्याउने १/१ जना छात्रछात्रालाई सम्मान गरिएको छ । जस अन्तर्गत ३.९६ जिपिए ल्याउने सुनवल युनाइटेड स्कुलका बसन्त ढकाल र ३.८७ जिपिए ल्याउने सोमनाथ बाबा मावि कि छात्रा रश्मि ओलिलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

