Rashtriya Dainik

आइतबार सार्वजनिक बिदा

काठमाडौँ,२२ साउन । बागमती प्रदेश सरकारले आगामी साउन २५ गते (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सांस्कृतिक पर्व गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद् निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको बताइएको छ ।

यसअघि गाईजात्राको दिन काठमाडौँ उपत्यकाभित्र मात्र बिदा दिने गरिए पनि अब बागमती प्रदेशअन्तर्गत सबै जिल्लामा समानरुपमा सार्वजनिक बिदा लागु हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित