आरपि उपाध्याय / नवलपरासी ,२२ साउन
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ गण्डक ब्यारेज पुल र आसपासका इलाकाबाट केही स्थानीयहरुले नदीबाट दाउरा निकाल्ने जोखिमपूर्ण कार्यमा बढोत्तरी भएको छ।
गण्डक ब्यारेज पुल,नेपाल तर्फको ढोका न.३० मा दाउरा झिक्ने केही युवाहरु नदीमा हाम फाली दाउरा निकाल्ने कार्य बढ्न थालेकोमा अन्य स्थानीयहरुले उक्त जोखिमपूर्ण कार्यप्रती चिन्ता व्यक्त गरेका छ्न।
नेपाल तर्फबाट नदीमा बगेर आउने किमती दाउरा झिक्न ज्यानको बाजि लगाएर पानीमा हाम फाल्ने र दाउरा निकाल्ने अवस्थामा बढोत्तरी भएको दृश्यले हुन सक्ने सम्भावित दुर्घटना प्रती सबैमा चिन्ता र चासो बढाएको हो।
गण्डक ब्यारेज पुलमा नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जनशक्तिले चैबिसै घण्टा ड्युटी गरेपनी दाउरा झिक्न जानेहरु माथि सुरक्षा निकायको ध्यान नपुग्नुलाई आश्चर्यको विषय मानिएको छ।

गत वर्ष नदीमा आएको बाढीको समयमा दाउरा झिक्न जाने दुई व्यक्ति बेपत्ता भएको घटनाप्रती सबैलाई सशङ्कित बनाएको थियो भने चालू वर्षमा गण्डक ब्यारेज पुलको नेपाल तर्फको ढोकाबाट दाउराको आसले नदीमा हाम फाल्ने युवाहरुलाई सुरक्षा निकायले कडाइका साथ हटाउन नसक्नुलाई सम्भावित खतरा बढ्ने सम्भावना देखिएको हुँदा त्यसतर्फ स्थानीय सुरक्षा निकाय गम्भीर हुनुपर्ने माग समेत स्थानीयले गर्दै आएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

