Rashtriya Dainik

पाल्हिनन्दन ३ कुस्मा गाउँको सडक हिलाम्मे, जनप्रतिनिधिको ध्यान कहिले जान्छ …?

राष्ट्रिय दैनिक/ नवलपरासी ,२० साउन

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ स्थित कुस्मा गाउँको सडक वर्षाको समयमा हिलाम्य र चिप्लो बनेर स्थानीय बासिन्दालाई ठूलो सास्ती भइरहेको छ। विकासको नाममा करोडौँ बजेट खर्च भइरहेको भए पनि यो गाउँको सडक अवस्था भने वर्षौँ अघिकै जस्तो जिर्ण देखिन्छ।

स्थानीयका अनुसार पानी परेपछि हिँड्नै नसक्ने गरी सडक हिलोले ढाकिन्छ। न त सवारी चल्न सक्छ,न पैदल यात्रा गर्न सकिन्छ। विद्यार्थी, बिरामी,वृद्धवृद्धा सबैलाई आवतजावतमा कठिनाइ हुँदै आएको छ।

हरेक वर्ष बजेट आउँछ भन्ने सुनिन्छ,तर हाम्रो गाउँको बाटोमा अहिलेसम्म कुनै काम भएको देखिएन – एक स्थानीय बासिन्दाले भने।

स्थानीय तहमा पटक–पटक गुनासो गरिए पनि समस्या समाधान नभएको भन्दै जनतामा आक्रोश बढेको छ। जनप्रतिनिधिहरूले चुनावताका गरेका आश्वासनहरू बिर्सिएको भन्दै आलोचना भइरहेको छ।

यस क्षेत्रका नागरिकले अब ढिलासुस्ती नगरी सडक सुधारको स्थायी समाधान गरिनुपर्ने माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित