धर्मेन्द्र कुमार कुर्मी (चौधरी)/ कपिलवस्तु ,१९ साउन
हालै गठन भएको शिवगढी निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरूलाई लक्षित गरी एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । सार्वजनिक खरिद व्यवस्थापनसम्बन्धी तालिममा ५१ जना व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
लुम्बिनी ग्रीन रिसोर्टमा कार्यक्रमको उद्घाटन संघका पूर्व अध्यक्ष तथा शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अधिकारीले निर्माण व्यवसायीहरूले आफ्नो हक–हित र व्यवसायिक अनुशासनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष मोहन केसीले तालिममार्फत व्यवसायीहरूलाई कानुनी र प्राविधिक पक्षमा जानकारी प्रदान गरी थप जिम्मेवार बनाउने उद्देश्य राखिएको जानकारी दिनुभयो ।
तालिममा प्रशिक्षक हितेन्द्र रायमाझीले सार्वजनिक सेवा खरिदका नीतिगत व्यवस्था, कानुनी प्रक्रिया, ठेक्का प्रणाली, मूल्यांकन मापदण्ड लगायतका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
संघले आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको समेत जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

