Rashtriya Dainik

प्याब्सन नवलपरासी द्धारा ३.६ जिपिए भन्दा माथी ल्याउने ५५ विद्यालयका २ सय २ विद्यार्थीलाई सम्मान

अमृता सुनार/नवलपरासी ,१९ साउन

प्याब्सन नवलपरासीको आयोजनामा ३.६ जिपिए भन्दा माथी ल्याउने ५५ विद्यालयका २ सय २ विद्यार्थीलाई आज सम्मान गरेको छ ।

प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङ्गको अध्यक्षता एवम प्याब्सनका केन्द्रिय अध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अधिकारीले शिक्षा विधयकका बारेमा निजि विद्यालयहरु पर्ख र हेरको अवस्थामा रहेको बताउनु भयो । निजि विद्यालय विपरित विधयक प्रतिकुल आए आफुहरुलाई मान्य नहुने बताउनुभयो ।

कार्यक्रममा प्याब्सन नवलपरासीका अध्यक्ष गुरुङ्गले पछिल्लो समयमा शैक्षिक क्षेत्रमा सस्थागत विद्यालयको उल्लेख्य भुमिका रहेको बताउदै सरकारले सस्थागत विद्यालयहरुले पनि १० प्रतिशत छात्रवृत्तिको व्यवस्था लागु गर्नु अभिभावकलाई भार थोपर्ने काम भएको बताउनुभयो ।

रामग्राम नगर प्याब्सनका अध्यक्ष बलिराम यादवको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्याब्सन केन्द्रिय सल्लाहकार सुमन गोपाल आर्चाय,केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपाने, केन्द्रिय सदस्य दिपक कँुवर, प्रदेश सदस्य लालहरी पाण्डे, बर्दघाट नगरपालिकाका निर्वमान मेयर धिरज बस्याल, प्याब्सन प्रदेश सचिवालय सदस्य देवेन्द्र राना, प्याब्सनका प्रदेश उपाध्यक्ष धनराज चापागाई, व्याब्सन नवलपरासीका सल्लाहकार राधेरमण पाण्डे, वरिष्ठ सल्लाहकार ईन्द्र गुरुङ्ग, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशब पराजुलि, अभिभावक मुकुल अर्चाय, विद्यार्थी प्रयास पराजुलि लगाएतले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रम संचालक एवम प्याब्सन नवलपरासीका सचिव अभिनास रेग्मिले बताउनुभयो ।

सो अवसरमा प्याब्सनको प्रदेश र केन्द्रका विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित