बझाङ, साउन १९
हाल बझाङ जिल्लामा पदभार ग्रहण गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र धमलाले आज जिल्ला कारागार बझाङको निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा उनले कैदीबन्दीहरूको अवस्था, सुरक्षाको व्यवस्था तथा कारागारमा रहेको समग्र भौतिक पूर्वाधारहरूको स्थिति अवलोकन गरेका थिए।
निरीक्षणका क्रममा डीएसपी धमलाले कैदीबन्दीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूको अवस्था बुझेका थिए। उनले कैदीबन्दीहरूको मानव अधिकारको सुनिश्चितता, स्वास्थ्य, खानपान तथा सुरक्षाका विषयमा चासो देखाएका थिए। साथै, कारागार प्रशासनलाई झनै व्यवस्थित र सुरक्षित बनाउनेतर्फ पहल गर्न निर्देशन समेत दिएका छन्।
कारागार प्रशासनका अनुसार हाल बझाङ जिल्ला कारागारमा कुल ६५ जना कैदीबन्दी रहेका छन् र ८ जना थुनुवा रहेका छन , हाल बझाङ कारागारमा महिला कैदि भने नरहेकाे कारागार प्रशासनले जानकारी गराएकाे छन्।
डीएसपी धमलाले भने, “शान्ति सुरक्षा कायम गर्नका लागि कारागार व्यवस्थापन पनि अत्यन्त महत्वपूर्ण पक्ष हो। यहाँको सुरक्षास्थिति, पूर्वाधार र व्यवस्थापनप्रति हाम्रो निरन्तर ध्यान रहनेछ।”
उक्त निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका अन्य अधिकृतहरू तथा कारागार प्रशासनका प्रमुख अधिकृतहरू पत्रकारहरुको पनि उपस्थिति रहेको थियो।
तेस्तै आजै जिल्लामा कार्यरत पत्रकारहरूसँग परिचय आदान–प्रदान तथा छलफल कार्यक्रम पनि गर्नु भएकाे छ ।छलफलका क्रममा जिल्लामा बढ्दो आपराधिक क्रियाकलाप, लागुऔषध दुरुपयोग, महिला हिंसा, बालअधिकार उल्लंघन, सवारी सुरक्षालगायतका विविध समसामयिक विषयहरूमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा डीएसपी धमलाले भने, “पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो। पत्रकारहरू र सुरक्षाकर्मीबीच सकारात्मक समन्वय भयो भने समाजमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न सजिलो हुन्छ।”

छलफलमा सहभागी पत्रकारहरूले सुरक्षाको दृष्टिकोणबाट देखा परिरहेका समस्याहरू र सुधार गर्नुपर्ने पक्षहरूबारे सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारमाध्यमका सम्पादक, संवाददाता, टेलिभिजन तथा रेडियो प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

