राष्ट्रिय दैनिक / नवलपरासी ,१९ साउन
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा दिनेश कहर प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका छन्। उनी कोटाही माई गाउँपालिकाबाट सरुवा भई पाल्हिनन्दन आएका हुन्।
यसअघि पाल्हिनन्दन गाउँपालिकामा ब्रिज किशोर शाह केही महिना कार्यरत थिए भने रञ्जित कुमार यादव केही दिनका लागि आएका थिए। यादवले केही दिन कार्यालयको कामकाज सञ्चालन गरे पनि त्यसपछि पालिकाको प्रशासनिक गतिविधि ठप्प भएको थियो।
प्रशासनिक स्थायित्व तथा नियमित सेवा प्रवाह कायम राख्न दिनेश कहरलाई पाल्हीनन्दन गाउँपालिकाको प्रमुख प्रशासकीय ल्याइएको हो।

प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हाल्न आएका कहरको स्वागतमा पालिका अध्यक्ष बैंजु प्रसाद गुप्ता (दीपक), उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) ,छ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरूले संयुक्त रूपमा स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत कहरको कार्यकाल पालिकाको विकास, प्रशासनिक दक्षता र जनसेवामा प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

