Rashtriya Dainik

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडाैं,१९ साउन । कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्ड बैठकपछि भर्खरै नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा भर्खरै मात्र सार्वजनिक भएको बताए । गत चैत्र २१ देखि २९ गतेसम्म भएको परीक्षामा पाँच लाख हाराहारी विद्यार्थी सहभागी थिए । नतिजाअनुसार यसपटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शिक्षक आन्दोलनका कारण केहि दिनपछि सरेको परीक्षाको नतिजा प्रकाशनमा पनि ढिलो भएको हो ।

यसरी हेर्न नतिजा

नतिजा सार्वजनिक हुँदा नतिजा कसरी हेर्न सकिन्छ भन्ने कौतुहल्ता परीक्षार्थी, अभिभावक लगायत आमचासो बनेको छ । बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।

यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित