सप्तकोशी / १९ साउन
अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। सोमबार बिहान ९ बजेपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ६९ हजार ४४५ क्यूसेक मापन गरिएको छ।
यसपछि गरिएको पछिल्लो मापन अनुसार पानीको बहाव अझै बढेर प्रतिसेकेण्ड एक लाख ७५ हजार ६८५ क्यूसेक पुगेको जनाइएको छ । पानीको बहाव उच्च बनेसँगै कोशी ब्यारेजका ५२ मूल ढोका र चार नहर ढोकामध्ये २३ वटा ढोका खोलिएको छ ।
सुरक्षा मापदण्डअनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था छ। सोही अनुसार हाल रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
सप्तकोशीमा पानीको बहाव उच्च हुँदा पूर्वतर्फ विशेष सतर्कता अपनाइँदै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

