Rashtriya Dainik

उखु किसानहरुले पाउदै गरेको उखु उपदान रकम कटौती भएपछि किसानहरु चरणबद्ध आन्दोलनमा

आरपि उपाध्याय / नवलपरासी ,१९ साउन

नवलपरासीका उखु किसानहरुले पाउदै गरेको उखु उपदान रकम कटौती भएपछि किसानहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन।
राज्यले उखु किसानमाथी गरेको अन्यायको विरुद्ध नवलपरासी लगायत देशभरिकै उखु उत्पादन किसानहरु आन्दोलनमा उत्रिएका हुन।
नेपाल सरकारले दिदै आएको उखुको अनुदान रकम रु.७० बाट घटाएर रु.३५ गरेपछि किसानहरु आन्दोलित भएका छन।
उखु किसानहरूले पाउदै गरेको अनुदान रकम कुनै पनि बहानामा कटौती गर्न नपाइने भन्दै किसानहरुले आन्दोलन मार्फत सरकारलाई दबाब दिन थालेको बताइएको छ।
आन्दोलनको पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका संयोजक उमेशचन्द्र यादवले जानकारी दिनुभयो।
संयोजक यादवले दिनुभएको जानकारी अनुसार श्रावण २० गते अपरान्ह ३ बजे जिल्ला अन्तर्गतका चिनी कारखानाहरुमा टायर बाली बिरोध प्रदर्शन गरिने र आउँदो भाद्र ८ गते संघीय राजधानी काठमाडौं केन्द्रीत निर्णायक आन्दोलन गरिने संयोजक यादवले बताएका छन।
उखु किसानहरूले यसपुर्वको आ.व. मा उखुको बक्यौता रकम भुक्तानी नपाएको पनि किसानहरूको गुनासो रहदै आएको छ।
नेपालको प्रमुख नगदे बालीको रुपमा उखु बालीलाई राष्ट्रिय बालीको रुपमा घोषणा गरिए पनि राज्यबाट सेवा सुविधा पाउन नसक्नु राज्यको किसानप्रती हेपाहा दृष्टिकोण रहेको किसानहरुको आरोप छ।


पश्चिम नवलपरासीका १० हजार उखु किसानहरूले उखु खेती गर्दै आएका छन भने जिल्लाको लुम्बिनी,बाग्मती,इन्दिरा र मोहिनी चिनी कारखानाहरुले उखु क्रसिङ कार्य गर्दै आएको र
जिल्लाका चिनी कारखानाहरुले किसानको उखु खरिद भुक्तानी दिन अझैसम्म पनि आलटाल गर्न थालेपछि केही किसानहरु उखु खेतीको विकल्पमा केरा खेतीतर्फ आकर्षित हुन थालेको पनि किसान स्रोतले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित