Rashtriya Dainik

फर्साटिकर माविमा छात्रवृत्ति रकम हस्तान्तरण

तुलसीराम पौडेल /रुपन्देही ,१९ श्रावण

शैक्षिक सत्र २०८२ देखि कक्षा ११ मा विज्ञान विषयको पठनपाठन प्रारम्भ गरिएको सन्दर्भमा विद्यालयको शैक्षिक उन्नयन तथा विकासमा योगदान पु¥याउने उद्देश्यले जेहन्दार छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा सोही विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका पूर्व विद्यार्थी डा. नारायण जिसिले आफ्ना सुपुत्र मेघ विक्रम जिसि र दिदी बिज्जु जिसि कार्कीको जन्मदिनको अवसरमा पुजनीय माता मिना कुमारी जिसिको हातबाट जेहन्दार विद्यार्थीहरू सुरक्षा राना र सुदीप यादवलाई पूर्ण छात्रवृत्तिका लागि रु. १,००,००० (अक्षरूपी एक लाख रुपैयाँ) हस्तान्तरण गर्नु भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डा. नारायण जिसि तथा उनकी धर्मपत्नी डा. तारा जिसिको उपस्थिति रहेको थियो।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर घर्तीलेको अध्यक्षता,  शुद्दोदन गाउँपालिका प्रवक्ता तथा वडा नम्बर -४ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीको प्रमुख आतिथ्यता,  शैक्षिक क्षेत्रका व्यक्तित्व शि.अ.स अध्यक्ष रोमाकान्त अधिकारीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयमा  प्रधानाध्यापक देवराज पौड्यालको  स्वागत मन्तव्य ,शिक्षक विष्णु प्रसाद ढकालको  समन्वय रहेकोे कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक रामजी पौडेलले  गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित