Rashtriya Dainik

बर्दघाटका सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ साउन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालन भएको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

विद्यालमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थी सामान्य स्वास्थ्य जाँच र औषधीका लागि अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विद्यालयमै सामान्य स्वास्थ्य सेवासहित पढ्न पाउँदा विद्यार्थी पनि खुसी देखिन्छन् ।बिद्यालयमै सामान्य उपचार हुने भएपछि अविभावक पनि ढुक्क हुने गरेका छ्न ।

बर्दघाट नगरपालिकामा कार्यरत स्टाफ नर्स सविना रुपाखेतीले विद्यार्थीलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्नेबारे समेत जानकारी दिँदै आएको बताउछिन ।सामान्य ज्वरो,रुघाखोकी,पेट दुखेको र सामान्य चोटपटक लागेको जस्ता बिरामी विद्यार्थीहरुलाई विद्यालयमै औषधि खुवाईने र अधिकाङ्स विद्यार्थीहरु निको हुने गरेको उनले बताईन ।”हामिले उपचार गर्न नसक्ने निरामी हरुलाई अविभावकहरुलाई खबर गरि मेडिकल,अस्पगरीहरुमा पठाउछौ”रुपाखेतीले भनिन ।

१५ ।१५ दिनमा विधालय नर्सलाई मावी तहका बिद्यालय हरुमा पठाईएने गरिएको र अहिले थप एक जना नर्स माग गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।”विद्यालयमै स्वास्थ्यमा समस्या देखिएको खण्डमा सामान्य औषधोपचार त हुन्छ नै नर्स मार्फत उनिहरुलाई सहानुभूति र अविभावकिय भुमिका पनि होस भन्ने हाम्रो अपेक्षा छ,ताकी उनिहरुका अविभावकलाई पनि बिद्यालय प्रती बिश्वास होस र विद्यालय पठाएपछि घर न आउँदा सम्मको समयसम्म ढुक्क होस भन्ने हो”श्रेष्ठले भने ।

स्टाफ नर्स भएपछि छात्राहरुले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । सेनेटरी प्याड विद्यालयमै पाउँछन् । महिनावारी हुने बेलामा त्यस्ता छात्राहरू विद्यालय नआउने समस्या थियो । स्टाफ नर्स भएको विद्यालयमा एउटा छुट्टै आराम गर्ने कोठा पनि हुन्छ । त्यसले गर्दा छोरीहरूको विद्यालय आउने क्रम समेत बढ्ने बिश्वास रहेको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए।

बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको शान्ति निकुन्ज म मावि का प्रधानाध्यापक विनोद खनालले विद्यालयमा नर्सको व्यवस्था भएसँगै विद्यार्थीलाई धेरै सजिलो भएको बताउछ्न । आवश्यक परेको बेलामा अन्य समयमा पनि विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम हुँदै आएको छ ।विद्यार्थीहरुलाई सरसफाई र स्वास्थ्यका बारेमा समेत विद्यालय नर्स मार्फत जानकारी दिईदै आईएको खनालले बताए ।

उक्त कार्यक्रम सञ्चालन भएको विद्यालयमा विद्यार्थीले स्वास्थ्य जाँचको सुविधा विद्यालयमा पाउन थालेपछि अभिभावकसमेत उक्त कार्यक्रमले खुसी हुने गरेको उनले बताए  ।स्थानिय श्रोतबाट दुईवटा नर्स ब्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित