राष्ट्रिय दैनिक / नवलपरासी ,१७ साउन
गण्डक नहर सडकमा निर्माण कार्य भइरहेका कारण सरावल गाउँपालिका वडा नं. ४ स्थित गोबरहिया देखि मझौनीसम्मको सडकखण्डमा सवारी साधनको आवागमन प्रभावित भएको छ। निर्माण कार्यमा सहजता ल्याउन र सवारी साधनलाई न्यूनतम असर पुर्याउन, समग्र सार्वजनिक यातायातका लागि बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।


सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जारी गरेको सूचनामा भनेका छन् आगामी मिति २०८२।०४।१६ देखि २०८२।०४।२० सम्म उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारी साधन सञ्चालन नगर्न र नागरिकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएकाे छ।

गण्डक नहर सडकमा भइरहेको कालोपत्रे कार्यले सवारी साधनको गति र सुरक्षा माथि प्रतिकूल प्रभाव पारेको छ। यस क्रममा, सवारी साधनको चापले निर्माण कार्यमा थप कठिनाइ र ढिलाइ ल्याउने गरेको छ। यस्तो अवस्थामा, सर्वसाधारणलाई यस सडकखण्ड प्रयोग नगरी सरावल-४, हात्तिवन, सरावल पिपरा सडक र भिठ्ठा, अमहवा, धनगडवा बैकल्पिक मार्गहरूबाट सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ।

अध्यक्ष चौधरीले यस संदर्भमा भने, “हामी निर्माण कार्यलाई शीघ्रता र दक्षताका साथ सम्पन्न गर्ने लक्ष्यमा छौं। यसका लागि सबैको सहयोग र समझदारीको आवश्यकता छ। निर्माण कार्य सम्पन्न भएपछि यहाँका सडकहरू अझ उत्कृष्ट र सुरक्षित हुनेछन्।”
सरावल गाउँपालिका कार्यालयले सार्वजनिक यातायात प्रयोग गर्ने सबैलाई अनुरोध गरेको छ कि निर्माण कार्यको समयमा बैकल्पिक मार्ग प्रयोग गरेर सवारी सञ्चालन गर्न कृपया सहकार्य गर्नुस्। गाउँपालिकाले असुविधा हुने यस अवस्थामा नागरिकहरूबाट सहयोगको अपेक्षा गर्दै क्षमाप्रार्थी छ।

अध्यक्ष चौधरीले भने, “यो निर्माण कार्यका क्रममा सिर्जना हुने असुविधाका लागि हामीले अग्रिम माफी चाहन्छौं। सबै नागरिकलाई जानकारी पुर्याउन र मार्गदर्शन गर्न कार्यालय सक्रिय छ।”

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

