राष्ट्रिय दैनिक /नवलपरासी , साउन १७
पश्चिम नवलपरासीको सुनवलमा नेपालमै पहिलो भजन घर समुद्धाटन भएको छ । लोप हुन लागेको संस्कृतिलाई बचाउनुपर्छ भन्ने उद्धेश्यका साथ २०८० साल १० महिना १३ गते स्थापना भएको राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान सुनवल नगर समितिको भजन घर आज समुद्धाटन भएको हो ।

राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान सुनवल नगरका अध्यक्ष रमेश तिवारीको अध्यक्षता एवम सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्धाटन कार्यक्रममा नगरप्रमुख अर्यालले भजन किर्तनले सबैमा सकारात्मक सोचको विकास हुने, मान्छेलाई आशावादी, नैतिकवान र असल चरित्र रहन सिकाउने बताउनुभयो ।

राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रिय अध्यक्ष नारायण लेकाली, सचिव नारायण प्रसाद अर्याल, प्रदेश अध्यक्ष कासीराम पोखरेल,सुनवल वडा नं ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाई, जिल्ला अध्यक्ष तिर्थ सापकोटा लगाएको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान सुनवलका उपाध्यक्ष थान प्रसाद तिवारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नमकान्त बस्यालले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

