Rashtriya Dainik

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

 नेपालगन्ज / सावन १७ गते 

दक्षिण एसियाका आठ राष्ट्रहरू (भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तान) का उद्योग, वाणिज्य र व्यवसाय क्षेत्रको साझा संगठन दक्षिण एसियाली वाणिज्य तथा उद्योग महासंघ (South Asian Chamber of Commerce and Industry – SACCI) को अध्यक्षमा लखनऊका प्रतिष्ठित युवा उद्योगी सर्वेश पाठक सर्वसम्मत रूपमा चयन भएका छन्।पाठकको नेतृत्वमा क्षेत्रीय व्यापार, औद्योगिक समन्वय, युवा उद्यमशीलता, तथा अन्तर्देशीय लगानी प्रवर्द्धन लाई नयाँ उचाइमा पु-र्‍याउने विश्वास लिइएको छ।

अध्यक्षमा चयन भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाठकले भने:“दक्षिण एसियामा अपार सम्भावना छ — अब हाम्रो साझा प्रयासले रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र अन्तरदेशीय आर्थिक सम्बन्धलाई नयाँ धार दिनेछ।”

उनले नेपाललगायत सम्पूर्ण सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै उद्योग मेलाहरू, लगानी सम्मेलन, र द्विपक्षीय व्यापार समझदारी बढाउने प्रतिबद्धता पनि जनाएका छन्।

पाठकले विशेषगरी नेपालसँगको व्यापार तथा लगानी साझेदारीलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले SACCI मार्फत नेपाली युवा उद्यमी, उद्योग संघसंस्था र स्टार्टअपहरूसँग प्रत्यक्ष सहकार्य गर्ने संकेत पनि दिएका छन्।

नेपालका व्यवसायी, उद्योग संघसंस्था तथा युवा उद्यमीहरू माझ पाठकको अध्यक्षताले सकारात्मक ऊर्जा र विश्वास फैलाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित