बिनोद निगम / नवलपरासी , १८ साउन
भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको मिनी बाबाधाम इटहिया मन्दिर परिसरमा शनिबार दिउँसो आयोजित मेलामा ‘ब्रेक डान्स’ नामक झुलाबाट खसेर एक युवक गम्भीर घाइते भएका छन्।

घाइते युवकको परिचय पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ निवासी ३० वर्षीय विवेक पोखरेलका रूपमा भएको प्रहरीले जनाएको छ। मेला अवलोकनको क्रममा झुलामा सवार पोखरेल अचानक सन्तुलन गुमाएर झुलेबाट खसेका थिए।

दुर्घटनापछि उनलाई तत्कालै नजिकैको निचलौल सामुदायिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि चिकित्सकहरूले उनलाई जिल्ला अस्पताल महाराजगञ्जमा रेफर गरेका छन्।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ भने मेलामा सुरक्षा व्यवस्थाबारे समेत पुनरावलोकन सुरु गरिएको जनाइएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

