Rashtriya Dainik

“प्रतापपुर गाउँपालिकामा प्रशासनिक र प्रसूति भवन उद्घाटन, सेवा प्रवाहमा गुणात्मक सुधार”

आरपि उपाध्याय/ नवलपरासी ,१७ साउन

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाले आफ्नो निजी प्रशासकीय भवनबाट शुक्रबारदेखि सेवा सुचारु गरेको छ।


प्रतापपुर गाउँपालिकाले १४ करोड ६८ लाख को लागतबाट निर्माण भएको भवन धार्मिक विधि अनुसार पुजापाठ, कन्यापुजा र गौपुजा गरि नवनिर्मित भवनमा प्रवेश गर्दै सेवा सुचारु गरिएको हो।


प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले नयाँ बनेको निजी भवनबाट सेवा सुचारु हुँदा नागरिकलाई सेवा लिन सहज हुने बताउनु भयो।
यसपुर्व पालिकाले भाडाको घरबाट सेवा दिदा धेरै कठिनाइ भएकोमा नयाँ भवनबाट सेवा सुचारु हुँदा नागरिक मैत्री भएको पनि अध्यक्ष यादवले जानकारी दिनुभएको छ ।
नवनिर्मित प्रशासनिक भवनमा ३४ कोठा र २ हल रहेको प्राविधिक आनन्द यादवले बताउनु भएको छ।
२०७९ साल पौष १७ गते निर्माण प्रारम्भ भएको प्रशासकीय भवन ०८२ वैशाख २० गते सम्पन्न भएको पनि प्राविधिक यादवले जानकारी दिनुभयो।


नयाँ प्रशासकीय भवन सुभारम्भ समारोहमा राजनीतिक दल,संघसंस्थाका प्रतिनिधि,जनप्रतिनिधि सहित ठूलो सङ्ख्यामा सेवाग्राहीहरुको पनि उपस्थिति रहेकोे पालिका उपाध्यक्ष मान कुमारी चौधरीले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित